आज मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
काठमाडौँ । हाल मुलुकमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका विभिन्न भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हाल कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको तराई क्षेत्रमा […]
