गुल्मीमा घट्दै तोरीखेती
५ मंसिर, गुल्मी । यतिबेला गुल्मीका गाउँघरका खेतबारी तोरीका पहेँलपुर फूलले ढकमक्क छन् । असोजको अन्तिम सातादेखि कात्तिक महिनासम्म छरिएको तोरी फुलेपछि खेतबारी पहेँलै बनेका छन् । टाढाबाट हेर्दा खेतबारीमा पहेँलो फूलको गलैँचा बिछ्याएजस्तो देखिन्छ । गाउँघरको सौन्दर्य बढाउनुका साथै किसानको आम्दानीको स्रोतसमेत बनेको तोरीखेती पछिल्लो समय भने घट्दै गएको छ । बजारमा तोरीको तेलको […]
