भारतले हवाई मार्ग दिँदैमा चल्दैन भैरहवा विमानस्थल
भारतले भैरहवा र पोखरा विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई सुम्पिए थप हवाई रुट दिने संकेत गरेको समाचार प्रकाशित भएका छन् । विमानस्थल व्यवस्थापन र हवाई प्रवेशमार्ग अलगअलग विषय हुन् । नेपालले निजी क्षेत्रलाई विमानस्थल व्यवस्थापन सुम्पने निर्णय गरे त्यसको औचित्य पनि पुष्टि हुनुपर्छ । हवाई रुटको सट्टामा सुटुक्क लेनदेन गरिनुहुन्न ।
