चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगे रास्वपा सांसदहरूको टोली
४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् । भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् । […]
