प्रस्ट युवा, भ्रष्ट बुढा !
'हामी प्रस्ट, बुढा भ्रष्ट' भन्दै उदाएका सुपरडुपर युवाहरू सत्तामा आएपछि देशले काँचुली फेर्ने आसमा जनता थिए। तर संसद्मा लभस्टोरी र कमेडीको सुटिङ चल्दै गर्दा बाहिरचाहिँ ‘इनम’ जस्ता अद्भुत क्षमताका केटाहरूले सत्ताप्रमुखदेखि अदालतसम्मको जरो हल्लाइदिएका छन्। इमान-जमानका युवाहरूको शासनमा बिचौलियालाई भगवान् मान्ने कि कुशासनको खाडल पुर्ने ?
