माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन सम्झौता
१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै नेपालमा उक्त सेवामार्फत विप्रेषण कारोबारसमेत औपचारिक रूपमा सुरु भएको छ। सम्झौताअनुसार विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्ड रेमिटको मोबाइल अनुप्रयोग प्रयोग गरी सहजै नेपालमा रकम पठाउन सक्नेछन्। यसरी पठाइएको रकम माछापुच्छ्रे […]
