८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री
१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी र १३० वटा लाइट सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको बसपार्क बनाउने योजना पनि अघि सारियो । तर, भीरकोट नगरपालिकाले अहिलेसम्म बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन । बरु सार्वजनिक यातायातका लागि छुट्याइएको […]
