प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा
अहिले नेपालमा दक्षिण र पश्चिमतर्फ जाने जहाज सिमरा सहित महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरबाट समेत बाहिरिन सक्छन् । तर, भारतले अनुमति नदिँदा भित्रिन सिमरा बाहेक रुट छैन, जसले त्यो प्वाइन्टमा अत्यधिक हवाई चाप मात्रै हुने होइन, उडान लागत नै अत्यधिक बढ्ने गरेको छ ।
