सञ्चयकर्तालाई दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन कर्जा दिन सुरु
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन खरिदका लागि सापटी (कर्जा) प्रवाह गर्न सुरु गरेको छ। कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी उपलब्ध गराउन थालेको हो। कोषले गोरखापत्रमा सूचना प्रकाशित गर्दै सञ्चयकर्ताका लागि सवारी साधन सापटी प्रवाह सुरु गरिएको जानकारी दिएको हो। […]
