कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल
३० कात्तिक, तेह्रथुम । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल चयन भएका छन् । आइतबार सदरमुकाम म्याङलुङमा भएको अधिवेशनबाट जिल्ला सचिवमा जगन्नाथ दङ्गाल सहित २९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
