स्टारलिंकको गति प्रतिबन्ध हटाउन अमेरिका र मस्कसँग जेलेन्स्कीको आग्रह
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारसिल्ड स्याटेलाइट इन्टरनेट सेवामा लगाइएको गति प्रतिबन्ध हटाउन अमेरिकी सरकार र एलन मस्कसँग आग्रह गरेका छन् । प्रतिबन्धका कारण रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण रोक्न युक्रेनलाई कठिनाइ भइरहेको उनको भनाइ छ । जेलेन्स्कीले जाडोयामअघि नागरिकको जीवन र देशको ऊर्जा पूर्वाधारको सुरक्षा स्टारसिल्ड सेवाको प्रभावकारी सञ्चालनमा निर्भर रहेको बताएका छन् […]
