माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा
२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ अर्ब ९४ करोड रुपैयाँ छ । गत वर्ष यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३ अर्ब ८५ करोड रुपैयाँ थियो […]
