फोन ठगी नियन्त्रण गर्न रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य गरिँदै
काठमाडौं । फोनमार्फत हुने ठगी नियन्त्रण गर्ने प्रयासस्वरूप रुसका प्रमुख बैंकबाट आउने फोन कलमा अब सम्बन्धित संस्थाको नाम मोबाइल फोनको स्क्रिनमा देखिने भएको छ । रुसको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार, देशका चार ठूला दूरसञ्चार सेवा प्रदायक र प्रमुख बैंकहरू कल गर्ने संस्थाको पहिचान देखाउने प्रणाली लागू गर्न सहमत भएका छन् […]
