बेचबिखनको जोखिमको आशंकामा भारत जान लागेका दुई युवती गड्डाचौकीबाट नियन्त्रणमा
२८ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमाबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलकी १८ वर्षीया सम्झना सुनार र १९ वर्षीया यशोदा सुनारलाई सशस्त्र प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । मानव बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा […]
