बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान
२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो । विभागले हाल दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने बताएको छ […]
