Depository of News

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

bizkhabar.com · world

काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् । न्याय परिषद्को सिफारिसअनुसार उनीहरूलाई राष्ट्रपति पौडेलले न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

Read full article →