च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति
काठमाडौँ उपत्यकाको इतिहासलाई गोपालराज वंशावलीले शासक अनुकूल तोडमरोड गरे पनि यहाँका गल्ली, फल्चा र उपेक्षित मूर्तिहरूले प्राचीन किरात सभ्यताको जीवन्त गवाही दिइरहेका छन्। लिच्छवि सेनाले च्यासलमा ८०० किरातीको टाउको काटेर गाडेको फल्चादेखि ‘तेपा’ भित्र लुकेर ज्यान जोगाएका व्यञ्जनकार समुदायको कथा र स्वयम्भूमा बेवारिसे अवस्थामा रहेको किरात राजाको विशिष्ट मूर्तिले उपत्यकाको प्रागैतिहासिक यथार्थको उत्खनन मागिरहेको छ।
