ओपनएआईको आक्रामक पुनरागमन : त्रैमासिक आम्दानी पहिलोपटक १० अर्ब डलर पार
काठमाडौं । विश्वव्यापी कृत्रिम बुद्धिमत्ता (एआई) बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला ओपनएआईले आम्दानीमा ऐतिहासिक वृद्धि हासिल गरेको छ। कम्पनीको तेस्रो त्रैमासिक आम्दानी पहिलोपटक १० अर्ब अमेरिकी डलर नाघेको छ। नयाँ एआई मोडेलप्रति बढ्दो माग र व्यावसायिक रणनीतिमा गरिएको परिवर्तनले कम्पनीको आम्दानीमा उल्लेखनीय सुधार आएको ब्लुमबर्गले उल्लेख गरेको छ । ओपनएआईको यो आम्दानी अघिल्लो त्रैमासिकको ६ […]
