भुटानी शरणार्थी प्रकरण : ज्येष्ठ नागरिकको सुविधामा टोपबहादुर रायमाझी जेलमुक्त
नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकको सुविधाअनुसार उनलाई रिहा गरिएको हो। काठमाडौं जिल्ला अदालतको पत्रका आधारमा डिल्लीबजार कारागारले रायमाझीलाई उनकी श्रीमती र परिवारका सदस्यको जिम्मा लगाएको हो। अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर […]
