घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
२३ कात्तिक, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार आज बिहान ५ बजेको समयमा सडकमाथिबाट सुक्खा पहिरो खसेको हो । सडकमा खसेको पहिरो हटाउनका लागि पहल भइरहेको […]
