जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ
२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ करिब ६ बजे अस्थायी प्रहरी पोष्ट सामझालाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो […]
