विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल
विश्वस्तरमा स्थापित पवित्र लुम्बिनीको पहिचानले त्यहाँ आसपासका बासिन्दाहरूको जीवनमा के परिवर्तन ल्यायो भन्ने प्रश्न नेपालले अझै गम्भीरतापूर्वक उठाउन सकेको छैन। संयुक्त राष्ट्रसंघको संलग्नता र अन्तर्राष्ट्रिय बौद्ध कूटनीतिको केन्द्र बनेको लुम्बिनीमा तीर्थयात्री र ठूला विहारहरूको चमक त छ, तर स्थानीय किसान, व्यवसायी र युवाहरू यो विकास प्रक्रियाबाट किन ओझेलमा परेका छन् ?
