राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, सर्वदलीय छलफलसहित संसद सुचारु गर्नुपर्नेमा जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । त्यसअवसरमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो […]
