कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ
२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो । सो क्रममा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक रमेश रानासहितका १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]
