इन्ट्रा डे कारोबारसम्बन्धी नियमावलीको मस्यौदा सार्वजनिक, मंसिर ४ गतेसम्म सुझाव दिन आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार (इन्ट्रा डे) सम्बन्धी नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ । धितोपत्र बोर्डले नेपालको पुँजी बजारमा कारोबारको गति, तरलता तथा मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अन्तरदिवसीय कारोबार सञ्चालनका लागि प्रस्तावित नियमावलीको प्रारम्भिक मस्यौदा सार्वजनिक गरिएको हो । नेपाल धितोपत्र बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक […]
