अनेक लफडा छिचोल्दै अन्ततः भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’
प्रदर्शनको मुखैमा पुगेको फिल्म ‘पाँच पाण्डव’लाई बुधबार साँझ ठूलै झड्का लाग्यो । फिल्मको अग्रिम बुकिङ खुलिसकेको थियो । शुक्रबारदेखि धुमधाम प्रदर्शनमा आउने तयारी भइसकेको थियो । फिल्मको प्रचारदेखि बाँकी सबै तयारी पूरा भइसकेका थिए । साँझ एकाएक सञ्चार मन्त्रालयबाट फिल्म निर्माण टिमलाई एउटा फोन आयो । फोनमा भनियो, ‘अहिले तत्काललाई सो फिल्मको बुकिङ रोक्नुहोला । […]
