प्राधिकरणका नवनियुक्त अध्यक्ष राजनविक्रम थापाले पदभार ग्रहण गरे
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजनविक्रम थापाले पदभार ग्रहण गरेका छन् । आज बिहीबार थापाले पदभार ग्रहण गरेका हुन् । मन्त्रिपरिषद् बैठकले थापालाई बुधबार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
