नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य प्रतिशन डाउन पेमेन्टमै किस्ताबन्दी सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई लक्षित गर्दै शून्य प्रतिशत डाउन पेमेन्टमा तत्काल किस्ताबन्दी सुविधा सञ्चालनमा ल्याएको छ। यस सेवाका लागि बैंकले ‘बाइ नाउ पे लेटर’ प्लेटफर्म सञ्चालन गर्ने फिनटेक कम्पनी फिनटारा सोलुसन्ससँग व्यावसायिक सम्झौता गरेको छ। काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो। […]
