रुखबाट लडेर एक जनाको मृत्यु
१८ कात्तिक, काठमाडौं । बारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै जितपुरसिमरा नगर अस्पताल लगिएको थियो । […]
