सेवा छिटो भइरहँदा पनि नागरिक सन्तुष्टि किन बढेन ?
हिजो हप्तौँ र महिनौँ लाग्ने नागरिकता, राहदानी र जग्गापास जस्ता सेवाहरू आज दिन वा घण्टामै प्राप्त हुन थालेका छन्। तर सेवा जति छिटो र सहज बन्दै छ, नागरिकको असन्तुष्टि र गुनासो घट्नुको साटो झन् तीव्र रूपमा प्रकट भइरहेको छ। प्रविधिको यो छलाङ र नागरिक मनोविज्ञानबीच देखिएको यो विरोधाभासको असली कारण के हो ?
