१६६औँ मेलबर्न कपमा नेपाली समुदायको उत्साह, विविधताबीच एकताको उत्सव
१७ कात्तिक, सिड्नी। घोडाको तीव्र दौड, दर्शकको चर्को हुटिङ, आकर्षक पहिरन र उत्सवमय माहोल। अस्ट्रेलियाको प्रतिष्ठित घोडदौड प्रतियोगिता मेलबर्न कपले यस वर्ष पनि देशभरका मानिसलाई एउटै उत्साहमा बाँधेको छ। हरेक वर्ष नोभेम्बरको पहिलो मंगलबार आयोजना हुने मेलबर्न कपलाई राष्ट्रलाई रोक्ने दौड (रेस द्याट स्टप्स अ नेसन) भनेर चिनिन्छ। मेलबर्नमा यस दिन सार्वजनिक बिदा हुने भए […]
