कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने
कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भविष्यमा भारत–चीन व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना निर्माणको नयाँ चरणमा प्रवेश गरे पनि निर्धारित समयमै सम्पन्न हुनेमा शंका छ ।
