लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु, पहिलो समूहका ग्राहकलाई गाडी हस्तान्तरण
काठमाडौं । लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ विद्युतीय गाडी बी०३एक्सको डेलिभरी सुरु गरेको छ । प्रारम्भिक बुकिङपछि पहिलो समूहका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । काठमाडौंमा सडक परीक्षण र औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न भएपछि गाडीको डेलिभरी सुरु गरिएको हो । सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले ग्राहकको उत्साहजनक प्रतिक्रियाले आफूहरूलाई थप […]
