पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, भौतिक प्रगति ८६ प्रतिशत
गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा-जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने-मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि […]
