चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौ जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीको केन्द्रीय […]
