नेपाली हिमालको कथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउँदै ‘रोड टु एभरेष्ट’
हङकङ । ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन गरिएको वृत्तचित्रमा उत्साहजनक दर्शक सहभागिता रहेको थियो । प्रदर्शनको मुख्य उद्देश्य सगरमाथा र नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित […]
