दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु
१६ कात्तिक, काठमाडौं । दैलेखमा ट्रकमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकमा क.प्र.०२–००३ प २२१० नम्बरको मोटरसाइकल ठक्कर खाएर आइतबार दिउँसो दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ बस्ने ५५ वर्षीय कृष्ण कुमार आचार्यको मृत्यु भएको नेपाल प्रहरीको […]
