मिडिया सञ्चालकले अन्यत्रको लगानी खुलाउनुपर्ने प्रस्ताव, समाचारमै लगानीको सम्बन्ध देखाउनुपर्ने
हालको प्रेस काउन्सिललाई पुनःसंरचना गरी स्वायत्त र अधिकार सम्पन्न नियामक निकायका रूपमा विकास गर्ने विधेयकको उद्देश्य छ । विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत र व्यावसायिक आचरण कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउने उल्लेख छ ।
