सकिँदै काठमाडौं फिल्म फेस्टिभल, बालेनपत्नी सबिनादेखि बलिउड अभिनेत्री शवानासम्म
काठमाडौं । काठमाडौंका सम्पदा स्थलमा परम्परागत बाजागाजा र नृत्यको धुन । त्यससँगै नेपाली र विदेशी चलचित्रका दृश्य । कतै चलचित्रकर्मीबीच संवाद, कतै कलाकारको जमघट । अनि, रेड कार्पेटमा देखिने चिरपरिचित अनुहार । तीन दिनदेखि काठमाडौंमा यस्तै दृश्य देखिए । युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा आबद्ध काठमाडौंमा पहिलोपटक आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ आइतबार समापन हुँदैछ […]
