सरकारलाई गगन थापाका पाँच सन्देश
पार्टी कार्यालयमा पदाधिकारीहरुसँगको छलफलपछि आइतबार विशेष सम्बोधन गर्दै उनले प्रहरीको कार्यशैली, अभिव्यक्ति स्वतन्त्रता, सरकारको जवाफदेहिता, अनुसन्धानको निष्पक्षता र राज्यका संस्थाहरूको स्वायत्ततामा आँच आएको बताए । उनले सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेका छन्।
