एमटीभी रोडिजमा दुई नेपाली ट्रान्सजेन्डर
काठमाडौं । ‘म गर्वका साथ ट्रान्सजेन्डर महिला हुँ । मेरा दुई छोरी छन् ।’ भारतको चर्चित रियालिटी शो ‘एमटीभी रोडिज रिबर्थ’को अडिसनमा २३ वर्षीया नेपाली सरोसी न्यौपानेले आफ्नो परिचय दिँदा निर्णायकहरू उनको जीवनबारे थप जान्न उत्सुक भए । ‘तिमीसँग दुई छोरी छन् ?’ प्रस्तोता रणविजय सिंहाले सोधे । ‘हजुर, धर्मसन्तानका रूपमा अपनाएका,’ सरोसीले जवाफ दिइन् […]
