थ्रेड्समा ‘कस्टम लाइक’ बटनको परीक्षण, प्रयोगकर्ताले आफ्नै तस्वीर वा एनिमेसन थप्न पाउने
मेटाको सामाजिक सञ्जाल थ्रेड्सले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ ‘कस्टम लाइक’ फिचरको परीक्षण सुरु गरेको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना पोस्टहरूमा अरू कसैले ‘लाइक’ गर्दा देखिने गरी व्यक्तिगत तस्बिर, स्टिकर, इमोजी वा एनिमेसन (जीआईएफ) जोडन सक्नेछन्। यो नयाँ सुविधा अन्तर्गत प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा एउटा निश्चित एनिमेसन वा ग्राफिक्स सेभ गरेर राख्न सक्नेछन्। जब कुनै अर्को प्रयोगकर्ताले […]
