थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ
१४ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी हुन उहाँ मङ्गलबार बैंकक गएका थिए । सम्मेलनमा मन्त्री […]
