बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते
१४ कात्तिक, बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो । गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो […]
