डोल्पामा फरार ८ कैदीबन्दीको विवरण सार्वजनिक, ५ जबरजस्ती करणी र ३ चोरी मुद्दाका
१४ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार मध्यराति कारागारबाट फरार हुनेमा पाँच जना जबरजस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी अनिलराज गिरीका […]
