कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कान्ति राजमार्गमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए […]
