बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार
१३ कात्तिक, काठमाडौं । उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर शुक्रबार खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार, ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी कुल ६ जना सवार थिए। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, कल साइन भीटी–एचसीएक्स भएको […]
