विकास बैंकर्स एसोसिएसनको २१ औं वार्षिक साधारसभा सम्पन्न, अध्यक्षमा दिनेश थकाली सर्वसम्मत निर्वाचित
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन्। एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्ष चयन गरेको हो। २०८३ कात्तिक १३ गते शुक्रबार सम्पन्न साधारण सभाले थकालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ। […]
