शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । ‘शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि […]
