ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
१२ कात्तिक, काठमाडौं । ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर, ललितपुर महानगरपालिका– १४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । […]
